Latest News
मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न नसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कांग्रेससहितको गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । तर कांग्रेसले मन्त्रीको नाम दिन नसकेका कारण अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।